दाङका दशवटै पालिकामा भाेली देखि दोस्रो चरणको भेरोसिल खोप लगाइदै



दाङका दशवटै पालिकामा भाेली देखि दोस्रो चरणको भेरोसिल खोप लगाइदै

दाङ २१ असार । दाङको दश स्थानीय तहमा पनि भेरोसिल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाइने भएको छ । जिल्लाका दशवटै पालिकामा कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको दोस्रो मात्रा भोलि असार २२ गते मंगलबारदेखि लगाईने भएको हो ।

कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जेठ २५ र २६ गते पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई भेरोसिल खोप लगाइएको थियो । कार्यालयले जिल्लाको १० वटै स्थानीय तहमा ४८ वटा खोप केन्द्र तोकेको छ ।

जस अनुसार तुलसीपुरमा १८ वटा खोप केन्द्रबाट २७ सय ७०, घोराहीका ६ वटा खोप केन्द्रबाट ३ हजार, बबईका ५ वटा केन्द्रबाट २१०, लमहीका ३ खोप केन्द्रबाट ७१९, दंगीशरका ३ खोप केन्द्रबाट ३२०, शान्तिनगरका ३ खोप केन्द्रबाट ४३७ खोप लगाईने छ । यस्तै बबईका २ खोप केन्द्रबाट ३८०, राजपुरका २ केन्द्रबाट १४१, राप्तीका २ केन्द्रबाट ६६४ र गठवाका ४ खोप केन्द्रबाट २२० खोप लगाईने कार्यालयले जनाएको छ । साथै खोप लगाउन आउदा पहिले लगाएको खोप कार्ड र स्वास्थ्य सुरक्षा मापदण्डको पालना अनिवार्य गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे