दाङकाे दमारगाउँबाट ब्राउन सुगर सहित एक जना पक्राउ



दाङकाे दमारगाउँबाट ब्राउन सुगर सहित एक जना पक्राउ

दाङ २१ असार । दाङकाे दमारगाउँबाट ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका वडा नम्बर ९ घर भै हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय रमेश पन्त रहेका छन ।

पन्तलाई गोप्य सुचनाको आधारमा यहि असार १९ गते शनिवार राती ८ बजे अमिलिया- तुलसीपुर सडक खण्ड अन्तर्गत दमारगाउँ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको साथ बाट नौ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे