लोकतन्त्रलाई सबल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुन्छ: मुख्य न्यायाधीश दीक्षित



लोकतन्त्रलाई सबल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुन्छ: मुख्य न्यायाधीश दीक्षित

दाङ १७ असार । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षितले लोकतन्त्रलाई सबल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । दाङ देउखुरी जिल्ला अदालतले आज घोराहीमा पत्रकार एवं नागरिक समाजसंग अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रममा उनले व्यबस्थापिका, कार्यपालिका, न्यायपालिका, सञ्चार जगत भनेको लोकतन्त्रलाई सबल बनाउने राज्यका महत्वपूर्ण अंग हुन् ।

यी अंगहरु जति सबल भयो, मुलुकको लोकतन्त्र पनि त्यति नै मजबुद बन्ने उनको भनाई थियो । “ब्यबस्थापिका, कार्यपालिका, न्यायपालिका, खबरपालिका भनेका राज्यका महत्वपूर्ण अंग हुन्, यी अंगहरुको भूमिकाले नै मुलुकको लोकतन्त्र मजबुद बन्छ”, उनले भने“यी मध्ये पनि मिडियाको अझ धेरै भूमिका हुन्छ, त्यसकालागि मिडियाको भूमिका स्वच्छ हुनुपर्छ ।”

पछिल्लो समय सामाजिक सञ्जालहरुमा आउने अस्वभाबिक समाचारहरुले मिडियाको विश्वसनितामा संकट पैदा भएको उनको भनाई थियो ।“सोसल मिडियाहरु छ्याप्छ्याप्ती छन्, यीनमा आउने फेक समाचारले सञ्चार माध्यामको विश्वसनियता माथि प्रश्न उठ्ने गरेका छन्”, उनले भने ।

त्यस अवसरमा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले न्यायपालिका र पत्रकारिताको काम समान रहेको बताए । “न्यायाधीश पनि कलमजीवी हो, पत्रकार पनि कलमजीवी हो”, उनले भने “हाम्रा कमल ठीक ठाउँ प्रयोग भए समाज ठीक ठाउँमा हिड्छ, हाम्रा कलम बेठीक ठाउँमा प्रयोग भए, समाज पनि वेठीक मार्गमा हिड्छ, त्यसैले हाम्रा कलमहरु निश्पक्ष, स्वतन्त्र रुपमा चल्नुपर्छ ।”

त्यस अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले अदालतको रिपोर्टिङका विषयमा पत्रकारहरुलाई अदालती ज्ञान हुनुपर्ने भन्दै त्यसकालागि नियमित यस्ता कार्यक्रम आवश्यक रहेको बताए । त्यस्तै नागरिक समाज दाङका संयोजक केवी मसाललले न्यायपाकिाल र पत्रकारहरु सधै निष्पक्ष हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे