दाङमा अवधै दोहन रोकिएन भने सार्वजनिक रुपमा माफी माग्न तयार छु : एसपी काफ्ले



दाङमा अवधै दोहन रोकिएन भने सार्वजनिक रुपमा माफी माग्न तयार छु : एसपी काफ्ले

भालुवाङ १७ असार । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक एसपी सुरेशप्रसाद काफ्लेले दाङ जिल्लामा भइरहेको अवधै नदीजन्य पदार्थ उत्खनन् रोक्न नसके सार्वजनिक रुपमै माफी माग्ने बताएका छन् ।

बिहिवार रेडियो राप्तीको राप्ती संवादमा कुराकानी गर्दै एसपी काफ्लेले आफु बोलेर भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएकाले कुनै पनि ठाउँमा खुल्मखुल्ला रुपमा प्राकृतिक स्रोत साधानको दोहन भइरहेको म हेर्न सक्दैन, स्थानीय सरकारले तोकेको मापडण्ड भन्दा बोहेक १ इन्ची पनि कुनै पनि व्यक्तिले गैरकानुनी तरिकाले काम गर्छ भने त्यो काम तत्काल रोक्ने बताए । राप्ती नदी तथा खोलानाला उत्खनन् प्रहरीले प्रत्येक्ष हेर्ने विषय नभएपनि यो विषयमा आफु कठोर तरिकाले लाग्ने बताएका छन् । एसपी काफ्लेले स्थानीय, प्रदेश र संघिय सरकारको नीति नियममा रहेर स्थानीय सरकार सँगको समन्वयमा काम गर्ने बताए ।

यस्तै एसपी काफ्लेले तुलसीपुरका सञ्चार उद्यमी हेमराज धितालको हत्याराको विषयमा आफु गम्भीर तथा गहन तरिकाले अनुसन्धान गरी हत्यारा पत्ता लगाउने बताएका छन् । धितालको हत्याको विषय चुनौती पुणर् रहेको बताउँदै एसपी काफ्लेले हत्यारा पत्ता लगाउन स्थानीय नागरिकहरुको पनि सहयोग आवश्यक पर्ने बताए ।

साथै एसपी काफ्लेले दाङ जिल्लालाई शान्ति सुरक्षामय बनाउन आफु कटिबद्ध रहेको बताएका छन् । जिल्लाको भौगोलिक अवस्था र अपराधिक तथा प्रकृति अनुसार सुरक्षा योजना बनाएर काम गर्ने, अपराध गर्ने प्रति कठोर गएर लाग्ने र नागरिकमैत्री काम गर्ने उनले बताए । दाङ जिल्ला राजधानी क्षेत्र भएकाले पनि जनताको आवश्यकता र बजार तथा ठाउँ विषेश अनुसार प्रहरी परिचालन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे