दाङमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जना संक्रमण मुक्त



दाङमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जना संक्रमण मुक्त

दाङ ११ असार । दाङमा आज २१ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७५ जनामा गरिएको पिसिआर परिक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज जिल्लामा ३७ जना कोरोना मुक्त भएका छन् । अहिले दाङमा सकृय बिरामीको संख्या १ सय ३७ मा झरेको छ । जस मध्य ८८ जना घरमै, ३४ जना सामान्य उपचारमा र १५ जना आईसियूमा उपचाररत रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यता आज दाङमा कुनै संक्रमितको मृत्यु भएको छैन् । बैशाख यता जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ रहेको छ । गएको बैशाख महिना यता ७ हजार ७ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ७ हजार ४ सय ६१ जना कोरोना मुक्त भएको केन्द्रले जनाएको छ ।

त्यस्तै दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत रोल्पाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । त्रीवेणी गाउँपालिका वडा नम्बर २ का ८८ वर्षिय पुरुषको मृत्य भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे