ज्येष्ठ नागरिकलाई असार २२ देखि भेराेसेल खाेपकाे दाेस्राे डाेज लगाइने



ज्येष्ठ नागरिकलाई असार २२ देखि भेराेसेल खाेपकाे दाेस्राे डाेज लगाइने

काठमाण्डाै ११ असार । कोरोना भाइरसविरुद्धको भेरोसेल खाेपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई आउँदो असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको  छ ।

काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई २२ गतेदेखि दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए । खोपको दाेस्रो मात्राका लागि पहिलो खोप लगाएको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे