स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने



स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने

काठमाण्डौ ११ असार । कोभिड–१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् । वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४-३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड–१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।

परीक्षा दिन परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यलय जवाफदेही नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे