कालिका सामुदायिक वन हर्षेडाँडा लालमटियामा चित्तलको बच्चा भेटियो



कालिका सामुदायिक वन हर्षेडाँडा लालमटियामा चित्तलको बच्चा भेटियो

लालमटिया ११ असार । देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित कालिका सामुदायिक वन हर्षेडाँडामा एक चित्तलको बच्चा भेटिएको छ । हिजो बेलुका स्थानीयले जंगलमा चित्तलको बच्चा फेला पारेपछि कालिका सामुदायिक वनका अध्यक्ष भिमकान्त भुसाललाई खवर गरेका थिए ।आफुले खवर पाएपछि अध्यक्ष भुसालले राप्ती सव डिभिजन वन कार्यालय मसुरीयामा खवर गरेका थिए । फेला परेको बच्चा करिव ५/६ महिनाको रहेको वनका चोरी शिकारी नियन्त्रण समितिका संयोजक लालमणी भुसालले जानकारी दिएका छन् ।

उक्त चित्तलको बच्चालाई आज विहान १० बजे राप्ती सब डिभिजन वन कार्यालयको रोबरमा वनका अध्यक्ष भिमकान्त भुसाल र फरेस्टक विष्णु पोख्रेल लगायतको टोलीले उक्त बच्चालाई डिभिजन बन कार्यालयलाई हस्तारण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे