कालिका सामुदायिक वन हर्षेडाँडा लालमटियामा चित्तलको बच्चा भेटियो
लालमटिया ११ असार । देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित कालिका सामुदायिक वन हर्षेडाँडामा एक चित्तलको बच्चा भेटिएको छ । हिजो बेलुका स्थानीयले जंगलमा चित्तलको बच्चा फेला पारेपछि कालिका सामुदायिक वनका अध्यक्ष भिमकान्त भुसाललाई खवर गरेका थिए ।
आफुले खवर पाएपछि अध्यक्ष भुसालले राप्ती सव डिभिजन वन कार्यालय मसुरीयामा खवर गरेका थिए । फेला परेको बच्चा करिव ५/६ महिनाको रहेको वनका चोरी शिकारी नियन्त्रण समितिका संयोजक लालमणी भुसालले जानकारी दिएका छन् ।
उक्त चित्तलको बच्चालाई आज विहान १० बजे राप्ती सब डिभिजन वन कार्यालयको रोबरमा वनका अध्यक्ष भिमकान्त भुसाल र फरेस्टक विष्णु पोख्रेल लगायतको टोलीले उक्त बच्चालाई डिभिजन बन कार्यालयलाई हस्तारण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

