दाङमा थप १९ जनामा संक्रमण, ६६ जना डिस्चार्ज



दाङमा थप १९ जनामा संक्रमण, ६६ जना डिस्चार्ज

दाङ १० असार । दाङमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार ५० जनाको परिक्षण हुदा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुरका ३ जना, घोराहीका ११, लमही र राप्तीका २/२ जना र गढवाका १ जना रहेका छन् ।

यो संगै जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ७ हजार ७ सय ७६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १४८ जना रहेको केन्द्रले जनाएको छ । जिल्लामा बितेको २४ घण्टामा थप ६६ जना संक्रमित डिस्चार्ज भएका छन् । यो संगै वैशाखयता डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय २९ रहेको छ ा

यस्तै दाङमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या शुन्य रहेको छ । वैशाखयता हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९९ जना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे