देउखुरीकाे फल्कापुरमा खहरे खोलाले बगाउँदा एक जनाको मृत्यु



देउखुरीकाे फल्कापुरमा खहरे खोलाले बगाउँदा एक जनाको मृत्यु

देउखुरी ९ असार । दाङकाे देउखुरीमा खहरे खोलाले बगाउँदा एक पुरूषको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षातपछि आएको फल्कापुरदेखि देखि माथिको खहरे खोलाले बगाउँदा गम्भीर घाईते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार दिउसो पौने ५ बजेतिर कामबाट फर्किने क्रममा खोलाले बगाउँदा मृत्यु भएको हो । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे