रोल्पाका शहर भन्दा गाउँमा काेराेना संक्रमण बढी



रोल्पाका शहर भन्दा गाउँमा काेराेना संक्रमण बढी

रोल्पा ६ असार । रोल्पामा सदरमुकाम तथा बजार क्षेत्रमा भन्दा दुर्गम गाउँहरुमा कोरोना संक्रमण बढी देखिएको छ । पछिल्लो हप्ता जिल्लाका दुर्गम गाउँहरुमा संक्रमितको संख्या उच्च देखिएको हो ।

जिल्लाको सदरमुकाम रहेको रोल्पा नगरपालिकामा हाल ३३ जना मात्र संक्रिय संक्रमित हुँदा लुङ्ग्री गाउँपालिकामा भने १ सय ४८ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय संक्रमण दर बजार भन्दा दुर्गम गाउँहरुमा बढी देखिएको स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुण भिटु उपाध्यायले जानकारी दिए ।

हाँका अनुसार जिल्लाका दुर्गम गाउँपालिकाहरु थबाङ, परिवर्तन, गंगादेवमा संक्रमितहरुको संख्या बढीरहेको छ । दुर्गम गाउँहरुमा अझै प्रयाप्त मात्रामा परिक्षण हुन नसकेको स्वास्थ्य कार्यालयको भनाई छ । रोल्पामा हालसम्म १८ सय ९५ जनामा संक्रमण देखिएकोमा १३ सय ९७ जना संक्रमण मुक्त भएका छन् भने संक्रिय संक्रमितको संख्या ४ सय ७८ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे