लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्धारा प्रदेशसभा बहिस्कार



लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्धारा प्रदेशसभा बहिस्कार

बुटवल ६ असार । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको भन्दै उनले ल्याएको बजेटमाथि कुनै छलफल हुन नसक्ने भनी लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेश सभा बहिस्कार गरेका छन्।

आइतबारका लागि तय भएको प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष) लगायतको विपक्षी गठबन्धनले बैठक बहिस्कार गरेको लुम्बिनी प्रदेशका सांसद सुदर्शन बरालले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले संविधानको धारा ६८ (१) अनुसार सरकारको दाबी गरे पनि जसपाका केही नेताहरु समेत सरकारमा रहेकाले त्यो ६८(२) अनुसारको सरकार भएको भन्दै विश्वासको मत लिन विपक्षी गठबन्धनले माग समेत गरेको छ। विपक्षी गठबन्धनले बहिष्कार गरेपछि प्रदेश सभा बैठक स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे