पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

काठमाडौं ६ असार । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५६ जना सङ्क्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ५६ हजार सात सय ९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टा र थप विवरण प्राप्तसहित ५१ जना काेराेना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ हजार सात सय २६ जनाको ज्यान गएको छ । अहिले नेपालमा ५५ हजार पाँच सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा पाँच सय ४८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैमा चार सय ५०, भक्तपुरमा २५ र ललितपुरमा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे