आयुर्वेदीक औषधीमा नागरिकको आकर्षण बढ्दै



आयुर्वेदीक औषधीमा नागरिकको आकर्षण बढ्दै

लमही ५ असार । पछिल्लो समय आयुर्वेदीक औषधीमा नागरिकहरुको आकर्षण बढ्न थालेको छ । मेडिकलको औषधी भन्दा आयुर्वेद औषधीले राम्रो काम गर्ने भएपछि नागरिकहरुको आकर्षण आयुर्वेदमा बढ्न थालेको हो ।

यसै बिच लमहीमा संचालित नागरिक आरोग्य केन्द्रमा सबै प्रकारका औषधीहरु प्रयाप्त मात्रामा रहेको केन्द्रकी प्रमुख कविराज सरिता खनालले बताएकी छिन् । निशुल्क रुपमा पाउने सेवा भएकाले स्थानीय नागरिकहरुको रुचि तथा सेवामा बृद्धि भएको छ ।

पहिले १० जना आउने केन्द्रमा अहिले ३० देखि ५० जना आउने गरेका छन् । अहिले सबै प्रकारको औषधीहरु स्टक पनि छ तर पनि औषधीको अभाब हुन नदिन लमही नगर पालिकामा माग पेश गरेको खनालले बताइन् ।

लमही पशुसेवा शाखा नजिकै रहेको केन्द्रमा गएको ६ महिनामा ६ सय भन्दा बढि बिरामीहरुले सेवा लिएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । बढि जसो बिरामीहरु मेडिकलबाट किनेको औषधी सेवन गरेर जीवन देखि निराश भएपछि केन्द्रमा आउने गरेको उनले भनिन् । केन्द्रले अपेक्षा गरे भन्दा बढि सेवा ग्राहीहरु आइरहेको र सेवा लिएको बताइएको छ । केन्द्रमा बढि जसो बिरामीहरु ग्याष्टिक, ढाँड दुखेको र पाइल्सका आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे