गढवा उद्योग वाणिज्य संघले दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता ल्याउने



गढवा उद्योग वाणिज्य संघले दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता ल्याउने
गढवा ४ असार । गढवा उद्योग बाणिज्य संघले दैनिक उपभोग्य बस्तुको दर रेटमा एकरुपता ल्याउने निर्णय गरेको छ । गढवा उद्धोग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले बजारमा पसल पिच्छे दैनिक उपभोग्य बस्तुको मूल्य फरक परेको उपभोक्ता को गुनासो बढ्दै गरेको कुरालाइ ध्यान गर्दै उद्योग बाणिज्य संघले दररेटमा एकरुपता ल्याउन यस्तो निर्णय गरेको अध्यक्ष बुढाले बताए ।
स्थानिय ब्यापरी, बुद्धीजिबि, सरोकारवाला निकाय संगै शुक्रबार बसेको बैठकले गढवा र राजपुर गाउपालिकामा दैनिक उपभोग्य बस्तुको थोक र खुद्रामूल्य सुची निर्धारण गर्ने निर्णय गर्दै ब्यापारीलाइ मुल्यमा एकरुपता ल्याइदिन अनुरोध गरेका छन् । साथै बैठकले गढवा क्षेत्रमा खानेनुनको थोक खरिद अन्कित मूल्य नै २० रुपैया कायम भएको र खरिद मूल्य २० रुपैया १० पैसा पर्ने भएको हुदा साल्ट ट्रेडिङ कोर्पोरेसनलाई ब्यबस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकमा सल्लाहकार राम प्रसाद गैरे, उमाकान्त पन्त, ध्वज बहादुर रावत, ब्यापारी साधुसरण कौशल, राजेन्द्र न्यौपाने, खुमानन्द पोख्रेल, राजु गुप्ता, गोबिन्द गुप्ता, कृष्ण बस्नेत, लक्ष्मी अधिकारी लगायत पत्रकार शिवराज पन्थी दुखहरण यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे