दाङमा आज १९ जनामा काेराेना संक्रमण पुष्टि, ३९ जना निको



दाङमा आज १९ जनामा काेराेना संक्रमण पुष्टि, ३९ जना निको

दाङ ४ असार । दाङमा आज  १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार १० पुरुष र ९ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१९ जना संक्रमित थपिदा आज ३९ जना निको भएका छन् । अब जिल्लामा कोरोनाका सकृय बिरामी ३ सय २१ जना रहेका छन् । ति मध्य घरमा २ सय ५२ जना, संस्थागत आइसोलेशनमा ५९ जना, आइसियुमा १५ जना रहेका छन् । बैशाख यता कूल संक्रमितको संख्या ७ हजार ६ सय ८२ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा दाङका कुनै संक्रमितको मृत्यु नभएको केन्द्रले जनाएको छ । बैशाख यता जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे