दाङमा टयाक्टरकाे ठक्करबाट एक जनाको मृत्यु



दाङमा टयाक्टरकाे ठक्करबाट एक जनाको मृत्यु

दाङ ४ असार । दाङमा टयाक्टरकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ ।  घोराही – तुलसीपुर सडक खण्डअन्तर्गत कपासी बगियामा टयाक्टरले ठक्कर दिँदा घोराही १६ का ४७ वर्षीय खलसिंह विकको ज्यान गएको हाे । उनकाे घटनास्थलमै ज्यान गएको थियाे ।

ठक्कर दिने रा १ त ३२६९ नम्बरको ट्र्याक्टर र चालकलाई  नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे