माओवादी केन्द्र रोजेकी लुम्बिनी प्रदेश सांसद बिमलालाई एमालेले सोध्यो तीन दिने स्पष्टीकरण



माओवादी केन्द्र रोजेकी लुम्बिनी प्रदेश सांसद बिमलालाई एमालेले सोध्यो तीन दिने स्पष्टीकरण

बुटवल २ असार । दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीन दिने स्पष्टीकरण सोधेको छ ।

जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई तीन दिनको म्याद राखेर स्पष्टीकरण सोधेका हुन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य उत्तरकमुर ओलीको दुर्घटनाबाट निधन भएपछि ओली पत्नी बिमला नेकपाको तर्फबाट उम्मेदवार भइ प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

सर्वोच्च अदालतले एमाले र माओवामदी केन्द्र ब्युँताइदिएपछि बिमलाले गत बैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।स्पष्टीकरणमा पार्टी रोज्नु अगाडि नै एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भइसकेपछि बिमलाले रोज्न पाउने हक गुमाइसकेको उल्लेख छ ।

पार्टीको ह्वीपविपरीत सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको कारण खोज्दै एमालेले तपाईंमाथि कारबाही किन नगर्ने? `भन्दै स्पष्टीकरण सोधेको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको लामो समयपछि बिमलाले गत वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्र रोज्ने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे