प्यूठानमा खोलाले बगाउँदा एक मजुदुर बेपत्ता, रोल्पामा ४ घर भत्किए



प्यूठानमा खोलाले बगाउँदा एक मजुदुर बेपत्ता, रोल्पामा ४ घर भत्किए

दाङ २ असार । प्यूठानमा खोलामा आएको बाढीले बगाउँदा एक मजुदुर बेपत्ता भएका छन् । मंगलबार साँझ ६ बजेतिर मल्लरानी गाउँपालिका वडा नं. ३ का अन्दाजी ४० बर्षीय हिराबहादुर बिकलाई स्थानीय छापेखोलाले बगाएको थियो ।हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देबीप्रशाद गैरेले जानकारी दिए ।

सडक निर्माणको काम गरि घर फर्किदै गरेका बिकलाई छापेखोलाले बगाएको सूचना पाए लगतै प्रहरी र स्थानीय खोजीमा खटिएपनि फेला पार्न नसकिएको गैरेले जानकारी दिए । उता रोल्पामा अबिरल बर्षाका कारण चारवटा घर भत्किएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा चारवटा घर भत्किएको जानकारी दिए ।

थबाङ गाउँपालिका वडा नं. १ मा दूई वटा, गंगादेब गाउँपालिका वडा नं. १ मा एउटा र त्रिबेणी गाउँपालिका वडा नं. ६ जुँगारमा थप एउटा घर भत्किएको डिएसपी सुबेदीले सेतोपाटीलाई बताए । तर, कुनैपनि मानबिय क्षति भने नरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे