दाङ देउखुरीको राप्ती नदीमा फसेका चारजनाको १२ घण्टापछि सकुशल उद्धार



दाङ देउखुरीको राप्ती नदीमा फसेका चारजनाको १२ घण्टापछि सकुशल उद्धार

लमही २ असार । राप्ती नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चारजनाको सकुशल उद्धार भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेला घाटमा फसेकाहरुको उद्धार गरेको हो ।दाङको लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको झण्डै १२ घण्टापछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनु भएको छ ।‘भैँसी चराउन गएको बेला राप्तीमा भेल बढ्यो। त्यसपछि उनीहरु फर्कन सकेनन्। लगत्तै उद्धारको प्रयास सुरु भयो’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नु भयो, ‘राति १ बजेसम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्धार थालियो । तीन परिवारका १७ भैँसी टापुमा छाडिएको छ ।

यसरी गरिएकाे थियाे उद्धार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे