प्रतिष्ठानमा २० बेडको आइसीयू सन्चालन



प्रतिष्ठानमा २० बेडको आइसीयू  सन्चालन

दाङ १ असार । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि आइसीयू बेड सञ्चालनमा ल्याएको छ । आजदेखि १० बेडको आइसीयू सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सङ्गीता भण्डारीले जानकारी दिइन ।

उनले तत्काल १० बेड थपेर २० शय्याको पुर्याइने गरी काम भइरहेको पनि बताइन । आउँदो हप्तादेखि एउटा र अर्को हप्ता थप एउटा गरी दुई वटा अक्सिजन प्लान्ट पनि जडानको काम भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानमा कालो ढुसी अर्थात म्युकोर्माइकोसिसको परीक्षण र उपचार गर्ने व्यवस्था पनि रहेको छ । यसका लागि विशेषज्ञ डाक्टर रहेको र अन्य दुई जना नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले रोगको परीक्षण र उपचार गर्ने डाक्टर भण्डारीले जानकारी दिइन ।

यस्तै, कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका धेरै प्रभावित हुनसक्ने भन्दै प्रतिष्ठानले बालबालिकाका लागि २० बेडको आइसीयू, १० बेडको पीआइसीयू र ६ बेडको एनआइसीयू छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे