दाङमा संक्रमित थपिने र मुक्त हुने दर बराबर, थप २ जनाको मृत्यु



दाङमा संक्रमित थपिने र मुक्त हुने दर बराबर, थप २ जनाको मृत्यु

दाङ १ असार । दाङमा आज संक्रमित थपिने र मुक्त हुने दर बराबर रहेको छ । दाङमा थप २८ जना कोरोना संक्रमित थपिदा २८ जना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङका अनुसार बितेको २४ घण्टामा १ सय जनाको परिक्षण हुदा २८ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा घोराहीका ११ जना, तुलसीपुरका ६ जना, लमहीका ४ जना, राप्तीका ३ जना र गढवा, बंगलाचुली, बबई र शान्तिनगरका १/१ जना रहेका छन् ।

यसंगै जिल्लामा बैशाखदेखि अहिलेसम्म संक्रमित हुनेको कुलसंख्या ७ हजार ६१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३५३ रहेको केन्द्रले जनाएको छ ।  यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २८ जना संक्रमण मुक्त भएका छन् । जसअनुसार तुलसीपुरका १२, घोराहीका ११, दंगीशरण र शान्तिनगरका २/२ जना र गढवाका १ जना रहेको केन्द्रले जनाएको छ ।

जिल्लामा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १४ का ८० वर्षिया महिला र १४ का ७१ व्र्षिया महिला रहेका छन् । यो संगै जिल्लामा वैशाखयता १९६ जनाको संक्रणका कारण मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे