कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा



कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा

कास्की १ असार । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को हाइजुङमा पहिरोका कारण ५०, ६० वटा घर जोखिममा परेकाे गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । लगातार परेको वर्षाका कारण पहिरो गएको उनले बताए ।

पहिरोका कारण ज्ञानोदय आधारभूत विद्यालय पनि जोखिममा परेको छ । भिरालो जमिन भएका कारण पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । यस्तै, मोदी खोलामा आएको बाढीले यही गाउँपालिकाको वडा नम्बर ७ मा नदी आसपासका क्षेत्रमा रहेको बस्ती पनि जोखिममा परेको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे