दाङका १ जना सहित बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु



दाङका १ जना सहित बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु

बाँके ३० जेठ । बाँकेमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका १÷१ जना छन् ।

जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत पुडचौडी ८ बैतडीका ५४ वर्षीय पुरुष, राजापुर १ बर्दियाकी ४९ वर्षीया महिला, कालिमाटी २ सल्यानका ४६ वर्षीय पुरुष र लमही १ दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ ५ बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३०७ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे