गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त



गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

पोखरा २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले शुक्रबार ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

गण्डकीमा संसद विघटन भए विद्रोह गर्ने एमाले सांसदले चेतावनी दिएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । एमालेका सांसद रोशन गाहामगर, महेन्द्र थकाली र इन्द्रलाल सापकोटाले संसद विघटन भए विद्रोह गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे