देउखुरीकाे लालमटिया स्थीत हर्षेडाँडा तालमा डुवेर एक बालकको ज्यान गयाे



देउखुरीकाे लालमटिया स्थीत हर्षेडाँडा तालमा डुवेर एक बालकको ज्यान गयाे

भालुवाङ २९ जेठ । दाङको देउखुरीमा एक बालकको तालमा डुबेर मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी अर्जुन चौधरीका छोरा अन्दाजी ५/६ वर्षिय बालक अविनाश चौधरीको शनिवार दिउँसो १ः४५ बजेको समयमा लालमटिया स्थित हर्षेडाँडामा रहेको तालमा पौडी खेल्ने क्रममा डुवेर ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मृतक बालकको लमहीमा पोष्टमार्टम पछि शवलाई परिवारको जिम्मा लगाई सकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे