गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बहुमत सांसदको हस्ताक्षर सहित कृष्णचन्द्र नेपालीको दाबी



गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बहुमत सांसदको हस्ताक्षर सहित कृष्णचन्द्र नेपालीको दाबी

काठमाण्डौ २८ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबी परेको छ ।  उनले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गर्दै प्रदेश प्रमुख कार्यलयमा दाबी पत्र दर्ता गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उनले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

दाबी पत्र दर्तासमेत भइसकेको छ । मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्न ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा)का २ र स्वतन्त्र १ गरी ३१ सांसदको हस्ताक्षरसहित उहाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले हिजो प्रदेश सभामा विश्वासको मत लिन नसक्नुभएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दाबी पेस गर्न २४ घण्टे आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे