माओवादी केन्द्रद्धारा बगासाेतीका १० घरपरिवारलाई राहत प्रदान



माओवादी केन्द्रद्धारा बगासाेतीका १० घरपरिवारलाई राहत प्रदान

भालुवाङ २६ जेठ ।  नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले मंगलबार राप्ती गाउँपालिका-१ काे दुर्गम बस्ती बगासाेती खर्कका १० घरपरिवारलाई राहत बितरण गरेको छ ।

विश्वव्यापी रूपमा फैलिएकाे कोरोना महामारीका कारण भएकाे लकडाउनबाट प्रत्यक्षमारमा परेका नागरिकहरूलाई माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीकाे काेभिड बिशेष कार्यक्रम अन्तर्गत उक्त बस्तीका घरपरिवारलाई राहत स्वरूप खाद्यान्न सामाग्री बितरण गरिएकाे पार्टीका सचिवालय सदस्य तथा संचार प्रवक्ता तुला गिरीले जानकारी दिएका छन् ।

पार्टीले कुल १५ हजार २ सय बराबरकाे चामल, नुन, तेल र स्वाइबिन सहितकाे खाद्यान्न राहत प्रदान गरेकाे छ । पार्टीले उक्त बस्तीका रामबहादुर राना, टाेपबहादुर साेती, नमा राना, ऋषिराम राना, कृष्णबहादुर राना, साेमबहादुर राना, लेटरबहादुर राना, हिमबहादुर मास्के, नमबहादुर राना र चाउरे घर्तीलाई जनही २५ किलाे चामल, एक पाेका नुन, १ लिटर तेल, आधा किलाे स्वाईबिनका दरले खाद्यान्न राहत प्रदान गरिएकाे पार्टीका आर्थिक समितीका संयाेजक बसन्त नेपालीले जानकारी दिए ।

उक्त राहत सामाग्री पार्टीका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीले उक्त बस्तीका घरपरिवारलाई प्रदान गरेका थिए । राहत लिदै उनीहरूले दाेस्राे पटक भएकाे लकडाउनमा पहिलाे पटक गाउँमै आएर माओवादी केन्द्रले राहत दिएकाे भन्दै खुसी व्यक्त गरेका छन् । अघिपछि कहिले पनि कुनै पार्टी आफ्नाे बस्तीमा नआउने तर चुनाबमा मात्रै भाेट माग्न आउने पार्टीहरूका लागि माओवादी केन्द्रले गतिलाे धापड प्रहार गरेकाे भन्द‌ै धन्यबाद ज्ञापन समेत गरेका थिए ।

यता राहत प्रदान गर्दै पार्टीका अध्यक्ष धर्मराज अधिकारीले नेकपा माओवादी केन्द्र जनताकाे पार्टी भएकाेले जस्ताेसुकै अवस्थामा पनि जनताका हरेक समस्यामा साथ दिंदै आएकाे बताए । अरू पार्टी घर भित्र लुकेर बसेकाे अवस्थामा हाम्राे पार्टी राहत वितरण, अक्सिजन सिलिन्डर प्रदान र काेभिड संक्रमणबाट ज्यान गुमाएरका घर परिवारमा राहत तथा भेटघाट जस्ता जनमैत्री कार्यक्रम संञ्चालन गर्दै आएकाे बताए । हामी याे दुर्गम बस्तीका एकदमै पिडित घरपरिवारलाई खाद्यान्न राहत बितरण गरेका छाैँ अधिकारीले भने ।

राहत बितरण कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा संचार प्रबक्ता तुला गिरी, पार्टीका गाउँ कमिटी सदस्य टपराज आचार्य, राप्ती गाउँपालिका २ नम्बर वडा कमिटी अध्यक्ष बसन्त नेपाली, वाइसियलका जिल्ला सदस्य युवराज थापामगर, उद्योगपति झग्गु अधिकारी, पार्टीका कृयाशिल सदस्य लिलबहादुर कुवर र पत्रकार सन्तोषकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे