भालुवाङमा निजामति अस्पताल, दाङमा मात्रै पाइने ‘मालागिरी’ प्रदेशको मुख्य चिनारी



भालुवाङमा निजामति अस्पताल, दाङमा मात्रै पाइने ‘मालागिरी’ प्रदेशको मुख्य चिनारी

दाङ २६ जेठ । प्रदेश राजधानी रहेको दाङको भालुवाङमा निजामति अस्पताल, कर्मचारीका छोराछोरीले अध्ययन गर्नका लागि निजामति विद्यालय, कर्मचारी आवासको व्यबस्थापन गरिने  भएकाे छ ।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक बर्ष २०७८/ ०७९ को लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्ताे बताएका हुन् । त्यस्तै   छिल्लीकोटमा मात्रै पाईने मालागिरीलाई लुम्बिनी प्रदेशको मुख्य चिनारीका रुपमा लिईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे