दाङमा आज ६९ जना कोरोना संक्रमण मुक्त, थप एकको मृत्यु



दाङमा आज ६९ जना कोरोना संक्रमण मुक्त, थप एकको मृत्यु

दाङ २५ जेठ । दाङमा आज (मंगलबार) कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा २५ जनामा संक्रमण देखिएकोमा ६९ जना संक्रमणमुक्त भएका छन् ।

बितको २४ घण्टामा ८० जनामा परिक्षण गर्दा १५ महिला र १० पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ । त्यस्तै आज निको हुनेमा घोराहीका ३०, तुलसीपुरका ३६, शान्तिनगर, राजपुर र राप्तीका १/१ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

त्यसैगरी आज थपिनेमा घोराहीका १३ , तुलसीपुरका ६, लमहीका ३, राप्तीका २ र गढवाका १ रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार ३ सय ९२ रहेको छन भने निको हुनेको संख्या ६ हजार ६ सय ३२ पुगेको केन्द्रले जनाएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ७० मा झरेको केन्द्रले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा दाङका एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ७ का ७१ वर्षिय महिला रहेको केन्द्रले जनाएको छ । उनको होमआईशोलेसनमा मृत्यु भएको हो । यो संगै बैशाख यता जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ९० पुगेको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे