पछिल्लो २४ घण्टामा ५,१५३ जनामा कोरोना सङ्क्रमण पुष्टि, १०८ जना सङ्क्रमितको मृत्यु



पछिल्लो २४ घण्टामा ५,१५३ जनामा कोरोना सङ्क्रमण पुष्टि, १०८ जना सङ्क्रमितको मृत्यु

काठमाण्डाै २५ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार १ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ८ सय ७० जना र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार दुई सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार ३ सय ८ पुगेको छ ।

यस्तै  कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित १ सय ८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना निको भएसँगै निको हुनेको सङ्ख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ । अहिले नेपालमा ८२ हजार ७ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे