दाङमा सामुहिक चोरी मुद्दाका चार फरार अभियुक्त महिला पक्राउ



दाङमा सामुहिक चोरी मुद्दाका चार फरार अभियुक्त महिला पक्राउ

घाेराही २४ जेठ । दाङ प्रहरीले सामुहिक चोरी मुद्दाका फरार ४ जना महिलालाई पक्राउ गरेको छ । २०७६ वैशाख ३० गते फैसला भइ फरार रहेका ४ जना महिलालाई सोमबार एक बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

घोराही उपमहानगरपालिका १८ ढोडेनीमा लुकीछिपी बसीरहेको अवस्थापमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा घोराही १८ ढोडेनी निवासी ३६ वर्षिय शान्ति सुनार, सोही ठाउँ निवासी २५ वर्षिय सन्तोषी नेपाली, ३६ वर्षिय चन्द्रकला सुनार र ३५ वर्षिय ज्योतिकला दमाई रहेका छन् ।

उनीहरुलाई जनही ५ हजारका दरले जरीवाना र ८ महिना सात दिन कैद फैसला सुनाइएको थियो । तर उनीहरु विगत एक वर्षदेखि फरार रहेका थिए । प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे