जवरजस्ती करणी मुद्धामा फरार घोराहीका एक व्यक्ति पक्राउ



जवरजस्ती करणी मुद्धामा फरार घोराहीका एक व्यक्ति पक्राउ

घोराही २० जेठ । जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्ती करणी मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ भकारे बस्ने ८४ बर्षिय रामु केसी रहेका छन् ।

उहालाई प्रहरीले विहिवार विहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागी दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

अदालतले केसी विरुद्ध २०७६ मंसिर २६ गते जवरजस्ती मुद्धामा दोषी ठहर गदै सात वर्ष पाँच महिना आठ दिन कैद र दुई लाख पच्चिस हजार रुपैया जरिवाना फैसला गरेको थियो ।

फरार हुदै आएका अभियुक्तलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । साथै अपराधीक क्रियाकलाप गरि लुकिछिपी बसेको जानकारी पाएमा जोकोहीले पनि नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे