विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाकाे निधन



विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाकाे निधन

काठमाण्डाै १८ जेठ । विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा आज दिउँसाे निधन भएको हो । कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए । कोरोना भाइरसको सङ्क्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यसपछि ह्याम्सबाट  ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।

गएको शुक्रवार उनलाई ग्राण्डीबाट नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । मेडिसिटीमा इक्मो प्रविधिबाट उनको उपचार भइरहेको थियो । थापालाई चिन्ने प्राय सबैले उनको स्वास्थ लाभको कामना गर्दै आएका थिए । नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्ने उद्देश्य बाेकेका थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक थिए ।

उनको उपचारका लागि रकम सङ्कलन समेत भएको थियो । पछिल्लाे पटक गरिएकाे काेराेना परीक्षणमा थापाकाे रिपाेर्ट नेगेटिभ आएकाे थियाे । यस्तै उनकाे अन्तिम संस्कार साधारण रूपमा गरिने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे