सर्पले टोकेर तुलसीपुरमा एक युवकको मृत्यु



सर्पले टोकेर तुलसीपुरमा एक युवकको मृत्यु

तुलसीपुर १७ जेठ । सर्पले टोकेर तुलसीपुरमा एक युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी २५ बर्षका टिकाराम डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन्। घरमै सुतेको बेला दिउसो ३ बजे कालीडूमिनी सर्पले टोकेको थियो ।

उपचारका लागि संशेरगंज लग्ने क्रममा बाटोमै अचेत भएपछि डाँगीलाई फर्काएर पुनः राप्ती प्रादेशिक अस्पतालमा ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका डा. दिलीप धितालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे