कोरोना बिशेष अस्पताल सिसहनियाँलाई थप ६ थान अक्सिजन सिलिन्डर प्रदान



कोरोना बिशेष अस्पताल सिसहनियाँलाई थप ६ थान अक्सिजन सिलिन्डर प्रदान

सिसहनियाँ १७ जेठ । कोरोना विशेष अस्थायी अस्पताल सिसहनियाँलाई आइतवार थप ६ थान रिफिल गरी अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले उक्त रिफिल गरिएको अक्सिजन सिलिन्डर कोरोना विशेष अस्थायी अस्पताल सिसहनियाँलाई प्रदान गरेको हो ।

उक्त रिफिल गरिएको अक्सिजन सिलिन्डर पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष धर्मराज अधिकारीले अस्पतालका प्रमुख डा. रेगनसिंह थापालाई हस्तान्तरण गरेका थिए । अक्सिजन अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्नका लागि पार्टीले तत्काल खाली सिलिण्डर रिफिल गरी अस्पताललाई प्रदान गर्दै आएको अध्यक्ष अधिकारीले भने ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले केही दिनयता कोभिड बिशेष कार्यक्रम नै नाम दिएर अभियान संचालन गरेको छ । यस अभियान अन्तर्गत हाल सम्म कोरोना विशेष अस्थायी अस्पताल सिसहनियाँलाई ३६ थान रिफिल गरी अक्सिजन सिलिन्डर प्रदान गरिएको पार्टीका सचिवालय सदस्य तथा प्रेस संयोजक तुला गिरीले जानकारी दिएका छन् ।

सिलिन्डर हस्तान्तरण कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रेस संयोजक तुला गिरी, पार्टीकै २ नं वडा कमिटी अध्यक्ष बसन्त नेपाली, वाइसियल नेपाल दाङ जिल्ला सदस्य हिमा पुरी, वाइसियल नेपालका राप्ती गाउँपालिका अध्यक्ष दिपक पुन, युवा नेता तथा सामाजिक अभियानता जगत खनाल र पत्रकार सन्तोषकुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे