दाङमा राष्ट्रियसभा सदस्य उपनिर्बाचनको लागि मतदान सुरू



दाङमा राष्ट्रियसभा सदस्य उपनिर्बाचनको लागि मतदान सुरू

दाङ १७  जेठ ।  दाङमा आज भइरहेकाे राष्ट्रियसभा सदस्य उपनिर्बाचनको लागि मतदान अहिले बिहान ९ बजे देखि सुरू भएकाे छ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको पहिलाे मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेल गरेकाे निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ ।

मतदानका लागि तीन वटा मतदान केन्द्र तयार गरिएको छ । जसमा प्रदेशसभा सदस्यका लागि क, स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि ख र कोरोना सङ्क्रमित मतदाताहरूको लागि ग मतदान केन्द्र बनाइएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिएका छन् । राष्ट्रियसभा सदस्य पदका लागि नेकपा एमालेबाट चन्द्र बहादुर खड्का र नेपाली काँग्रेसबाट दिर्घनारायण पाण्डे उम्मेदवार बनेका छन् ।


काँग्रेसबाट उम्मेदवार बनेका पाण्डेलाई माओवादी केन्द्र, जनता समाजवादी पाटी र जनमोर्चाको पनि समर्थन रहेको छ । लुम्बिनी प्रदेशसभाका ८३ जना र प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय १७ जना गरी कुल २ सय ९६ जना मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए । प्रदेशका स्थानीय तह अन्तर्गत एमालेका ९१, काँग्रेसका ६४ , माओवादी केन्द्रका ३९ , जसपाका १३ , जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे