घर घरमै पुगेर दिर्घ तथा जेष्ठ नागरिको उपचार गर्दै स्वास्थ्यकर्मी विष्ट



घर घरमै पुगेर दिर्घ तथा जेष्ठ नागरिको उपचार गर्दै स्वास्थ्यकर्मी विष्ट

सिसहनियाँ १३ जेठ । दाङ जिल्लामा अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै छ । कतिपय स्वास्थ्यकर्मी कोरोना संक्रमणको डरले मेडिकल नै बन्द गरेर बसेका छन् । कतिले मेडिकल खोले पनि २ मिटर परबाटै विरामीको स्वास्थ्य अवस्थाको बारेमा सोधेर बिना चेकजाँच औषधी दिने गरेका छन् ।तर दाङका एक स्वास्थ्यकर्मीले भने जोखिम मोलेर दिर्घ तथा जेष्ठ नागरिकको उपचार गर्न विकट पहाडी गाउँका पुगेका छन् । विष्ट स्वास्थ्य पोलिक्लिनिकका संचालक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको)का अध्यक्ष एवम् निलसागर सेवा आश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्ट बुधवार सुगम गाउँपालिकाको भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिने राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँ थकरीकोट, चित्रीकोट र करङ्गेकोटका दिर्घ तथा जेष्ठ नागरिक आमा–बुवाहरुको घर–घरमा पुगी स्वयंसेवकको रूपमा सेवा गरेका छन् ।स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाका आजिवन सदस्यहरु गोपाल खत्री, सन्तोष सारु मगर, रेडियो ग्राफर सुरेन्द्र चौधरी र पत्रकार ओमप्रकाश गुप्ता लगाएको टोली अढाई घण्टाको पैदलयात्रा गरेर आबश्यक सामाग्री लिएर पहाडी गाउँ पुगेका हुन् । सिसहनियाँ बजारबाट झण्डै ८ किलोमिटरको दुरीमा पर्ने पहाडी गाउँमा कोरोना संक्रमणका बापजुद पनि आफ्नै घर आँगनमै स्वास्थ्यकर्मी आउँदा जेष्ठ नागरिक तथा दिर्घ रोगीहरू समेत खुसी भएका छन् ।दाङ जिल्ला लकडाउनमा छ गाडी चल्न पाएको छैन, एम्बुलेन्स आउनको लागि पनि गतिलो बाटो छैन, गर्मीका बेला विरामी बोकेर सिसहनियाँ, लालमटिया, भालुवाङ जाने अवस्था पनि छैन तर गाउँमै स्वास्थ्यकर्मी आएपछि आफुलाई निकै खुसी लागेको थकरीकोटका ६६ वर्षिय वृद्ध प्रदिप सारुमगरले बताए ।
ती गाउँका करिव ७ जना दिर्घ तथा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरिएको छ । स्वास्थ्य चेकजाँच गरिएका मध्ये अधिकाशंको उच्च रक्तचाप, मधुमेह, प्यारालाइसिस, दम लगायतको समस्या रहेको स्वास्थ्यकर्मी विष्टले बताएका छन् ।भौगोलिक हिसावले सवै क्षेत्रबाट पछाडी परेका ती गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका विरामीहरुलाई बोकेर देउखुरीको सिसहनियाँ, लमही, भालुवाङ लैजानुपर्ने अवस्था रहेको छ । देशका सवै ठाउँमा प्रया जसो स्वास्थ्य संस्था पुगिसकेको छ । तर ती गाउँमा एउटा मेडिकल समेत नहुँदा सिटामोल किन्नका लागि पनि देउखुरी झर्नु पर्ने बाध्यता रहेको छ । थकरीकोट टोल विकास संस्थाका सचिव सन्तोष सारु मगरले बताए ।

त्यसका लागि उनीहरुले स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारबाट स्वास्थ्य केन्द्रको माग गरेका छन् । गाउँ गाउँमा सिंहदरवार आएको भने पनि कतिपय पहाडी तथा विकट गाउँहरुमा अहिले पनि शिक्षा, स्वास्थ्य, सडक तथा अन्य विकास पुर्वधारबाट पछाडी परेका छन् । भने अन्य सेवा लिन पनि घण्टौ हिडेर शहर बजार जानुपर्ने बाध्यता कायमै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे