दाङमा आज ६ सय ६९ जना कोरोना संक्रमित निको , थप ४ जना कोरोना संक्रमितको मृत्यु



दाङमा आज ६ सय ६९ जना कोरोना संक्रमित निको , थप ४ जना कोरोना संक्रमितको मृत्यु

दाङ ११ जेठ । दाङमा आज ६ सय ६९ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला आपलकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार होम आइसोलेसनमा बसेका ६ सय ५१ जना, कोरोना विशेष अस्पताल बेलझुण्डी, लमही आईशोलेसन र दंगीशरण आईशोलेसनका ४/४ जना, तुलसीपुरको मेट्रो अस्पताल, शान्तिनगरको आईशोलेसन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बसेका २/२ जना गरी ६ सय ६९ जना निको भएका हुन ।

यस्तै वितेको २४ घण्टामा दाङमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै जिल्लामा बैशाखयता ६ हजार ३ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३ सय १३ जना रहेको केन्द्रले जनाएको छ ।

यसैगरी वितेको २४ घण्टामा जिल्लामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्युहुनेमा घोराही र तुलसीपुरका २/२ जना रहेको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ । घोराही १५ का ७७ वर्षिया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र घोराही १४ का ४२ वर्षिय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको हो ।

त्यसैगरी तुलसीपुर १४ का ३० वर्षिया महिलाको होमआईशोलेसन र तुलसीपुर ८ का ५५ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ । यससँगै दाङमा बैशाखयता १ सय ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे