माटोको ढिस्कोले पुरिएर गोरखामा दुई जनाको ज्यान गयाे



माटोको ढिस्कोले पुरिएर गोरखामा दुई जनाको ज्यान गयाे

गोरखा ११ जेठ । गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीको भिरसिंह भन्ने ठाउँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ ।  जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरमा कम्पाउन्ड वाल बनाउने क्रममा सोमवार दिउँसो साढे ३ बजेतिर माटोको ढिस्कोले पुरिएर त्यही ठाउँका ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङको ज्यान गएको हो ।

माटोको ढिस्कोमा पुरिएका उनीहरुलाई उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । स्वास्थ्य केन्द्र पु¥याएलगत्तै डाक्टरले मृत्यु भइसकेको बताएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे