माओवादी केन्द्रको सहयाेग अभियान जारी: हाल सम्म ३० थान अक्सिजन सिलिन्डर प्रदान



माओवादी केन्द्रको सहयाेग अभियान जारी:  हाल सम्म ३० थान अक्सिजन सिलिन्डर प्रदान

सिसहनियाँ ९ जेठ । कोरोना विशेष अस्थायी अस्पताल सिसहनियाँलाई आइतवार ६ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन , अखिल क्रान्तिकारी  र वाइसियल नेपालको संयुक्त पहलमा ती सामाग्री अस्पतालका प्रमुख डा. रेगनसिंह थापालाई पार्टीका अध्यक्ष धर्मराज अधिकारीले हस्तान्तरण गरेका थिए ।

अक्सिजन अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको पार्टीका प्रवत्ता तुला गिरीले बताए । उक्त हस्तान्तरण कार्यक्रममा स्वास्थ्यकर्मी तथा समाजसेवी प्रकाश बिष्ट, युवा नेताहरू झग्गुप्रसाद अधिकारी, तुला गिरी, जगत खनाल, बसन्त नेपाली, अखिल क्रान्तिकारी नेता भुवन केसी, वाइसिएल नेपाल राप्ती गाउँपालिका इन्चार्ज प्रेम खत्री, जिल्ला सदस्य हिमा पुरी लगायतको सहभागिता रहेको थियो ।

माओवादी सम्बद्ध संगठनहरुले यो अस्पतालमा नियमित जसो सहयोग गरिरहेका छन् । अहिले सम्म माओवादी केन्द्रले ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे