दाङका अवैध क्रसर उद्योग तत्काल बन्द गर्न प्रशासनको निर्देशन



दाङका अवैध क्रसर उद्योग तत्काल बन्द गर्न प्रशासनको निर्देशन

दाङ ९ जेठ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा रहेका विभिन्न उद्योगले अनुमति एउटा काम अर्के किसिमको गरेको भन्दै उद्योगहरुलाई त्यस्तो नगर्न चेतावनी दिएको छ। आइतबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बालुवा प्रशोधनको अनुमति लिएका उद्योगले क्रसर उद्योग समेत सञ्चालन गरिएको पाइएको भन्दै त्यस किसिमको कानुन विपरितको काम बन्द गर्न आग्रह गरेका छन्।

उनले २०७७ साल मंसिर ४ गते प्रशासनले लेखेको पत्र उद्योगहरुले अवज्ञा गरेर क्रसर सञ्चालन गरेको पाइएमा विद्युत, खानेपानी लगायतको सेवाहरुबाट बञ्चित गरिनेसमेत चेतावनी दिएका छन्। जारी सूचनामा लेखिएको छ, उक्त पत्रको अवज्ञा गरेको पाइएमा त्यस उद्योगमा जडित विद्युत, खानेपनी लगायत सेवा सुविधा बन्द गरिनुका साथै उद्योग र संचालकको बैंक खाता, कारेबार लगायतका कामहरु रोक्का गरिने छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले कानुन विपरित १० वटा उद्योग सञ्चालन भएको पाइएको जानरकारी दिनुभयो । ति उद्योग पश्चिम बबई गाउँपालिकादेखि देउखुरीसम्मका रहेका छन् । त्यस्ता उद्योगहरुमा बबई गाउँपालिका वडा नम्बर ६ मा सञ्चालनमा रहेको कृप्रभिज्ञा बालुवा वासिङ उद्योग, बेलामा सञ्चालनमा रहेका पुर्णागिरी एगृगेट र जय बागेश्वरी बालुवा वासिङ उद्योग रहेका छन् ।

त्यसैगरी लमही नगरपालिका वडा नम्बर ९ मा सञ्चालनमा रहेको पाण्डवेश्वर, वडा नम्बर २ मा रहेको बगारबाबा बालुवा प्रशोधोन उद्योग, तुलसीपुर उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका मंगलम, के एण्ड एस, गणेश, जनविश्वास बालुवा प्रशोधन उद्योग र स्वर्गद्धारी प्लान्ट प्राली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे