दाङमा पछिल्लो २४ घण्टामा १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि



दाङमा पछिल्लो २४ घण्टामा १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

दाङ ७ जेठ । दाङमा पछिल्लो २४ घण्टामा १६० जना कोरोनाका संक्रमित थपिएका छन् । आज जिल्लामा १६० थपिएसंगै संक्रिय संक्रमितको संख्या १९३२ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८५ पुगेको छ । जसमध्ये तुलसीपुरका २ जना र राप्तीका एक जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३३५ जनाले कोरोनालाई जितेका छन् । योसंगै जिल्लामा कोरोनालाई जित्नेको संख्या ७ हजार ८ सय ५७ पुगेको छ । भने हालसम्म जिल्लामा ९९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे