यातायात व्यवसायी सुरेश हमालद्धारा तुलसीपुर कोरोना विपद कोषमा २५ हजार आर्थिक सहयोग



यातायात व्यवसायी सुरेश हमालद्धारा तुलसीपुर कोरोना विपद कोषमा २५ हजार आर्थिक सहयोग

तुलसीपुर ६ जेठ। यातायात व्यवसायी सुरेश हमालले तुलसीपुर कोरोना विपद कोषमा २५ हजार आर्थिक सहयोग गरेका छन् । काठमान्डौको ग्राण्डीमा उपचार गराइरहनु भएका त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष समेत रहेका हमालले तुलसीपुरका युवा व्यवसायी गोरख वली मार्फत तुलसीपुर कोरोना विपद कोषमा आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेको हमालले बताए । वैशाख २५ गते कोरोना पोजेटिभ भएपछि थप उपचारका २७ गते काठमान्डौको ग्राण्डीमा लगिएको थियो । यसैबिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले हमालको स्वास्थ्य लाभको कामना गर्दै सहयोगका लागि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे