हप्तामा दुई दिन बजार खुल्दा दाङका मुख्य बजारहरुमा भिडभाड, सरोकारवाला मौन



हप्तामा दुई दिन बजार खुल्दा दाङका मुख्य बजारहरुमा भिडभाड, सरोकारवाला मौन

देउखुरी ५ जेठ । हप्तामा दुई दिन मात्र बजार खुल्दा दाङका मुख्य बजारहरुमा भिडभाड निकै बढेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डि.सी.सी.एम.सीको वैठकले कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै दाङका बजारहरु हप्ताको आइतवार र बुधवार विहान ७ बजे देखि ८ बजे सम्म खुल्ला गर्ने निर्णय गरे सँग बजारहरुमा मानिसहरुको निकै भिडभाड भएको देख्न सकिन्छ ।बुधवार दाङको मुख्य बजार भालुवाङ, सिसहनियाँ लमही, गढवा, घोराही, नारायणपुर र तुलसीपुरमा निकै भिडभाड भएको देखिएको छ । बजारमा किनमेलका लागि आउने स्थानीयहरुले लकडाउनको पालना गरेको देखिदैन आर्को तर्फ न राम्रो सँग मास्क लगाएको देखिन्छ नत सामाजिक दुरी कामय नै गरेको देखिन्छ ।

जसले गर्दा दाङमा संक्रमण अझ बढन सक्ने अनुमान गर्न सकिन्छ । बजारमा भिडभाड भएको देखे पनि प्रहरी प्रशासन मौन भएको देखिन्छ । भने स्थानीय सरकारको पनि त्यस तर्फ खासै ध्यान गएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे