दाङ जिल्ला उवासंघले अक्सिजन बैकलाई निरन्तरता दिने



दाङ जिल्ला उवासंघले अक्सिजन बैकलाई निरन्तरता दिने

दाङ ३१ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले जारी राखेको अक्सिजन बैकलाई हजार अभियान जारी राख्ने भएको छ । संघको बसेको भर्च्युअल मार्फत बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले समितीको संयोजकमा संघका अध्यक्ष टङ्कसिंह बुढाथोकी, सदस्यहरुमा महेन्द्र बुढाथोकी, नरेश कुमार श्रेष्ठ ,राज भक्त राना, जगत आचार्य र अभियान्ता सुरज बुढाथोकी रहेको संघमा महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । बैठकले बजार ब्यबस्थापन तथा कोरोना सचेतनाका लागि संघका बाणिज्य उपाध्यक्ष राम प्रशाद पोख्रेलको संयोजकत्वमा सदस्यहरू बिकास ओलि, माधब खनाल, बिनोद पाण्डे,लिलाराम खड्का, बिष्णु प्रशाद रिजाल सदस्य रहेको समिति बनाएको छ । बैठक संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो ।

बजार ब्यबस्थापन तथा कोरोना सचेतना समितिले लकडाउनको अबधिमा हप्ताको दुई दिन खुल्ने ब्यबसायीकलाई कसरी सुरक्षित तरिकाले ब्यबसाय गर्ने भन्ने सचेतना दिनुको साथै नेपाल सरकार स्वास्थ्य मन्त्रालय ले दिएको स्वास्थ मापदण्ड अपनाउन लगाउने भएको छ । अक्सिजन बैंक हजार अभियान ले विभिन्न दाताहरुबाट संकलित रकम अक्सिजन रिफिल गर्ने र बाहिरी जिल्लाबाट रिफिल गरि ल्याउदाको ढुवानीमा खर्च गर्ने पनि महासचिब बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे