राप्ती गाउँपालिकामा थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु



राप्ती गाउँपालिकामा थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु

सिसहनियाँ ३० वैशाख । दाङको राप्ती गाउँपालिकामा थप एक कोरोना संक्रमितको बिहिवार मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ की ६० वर्षिय वृद्धाको मृत्यु भएको हो । होमआइसोलेनमा बसेकी ती वृद्धामा स्वासप्रस्वासमा समस्या भएपछि उनलाई बुधवार बेलुका सिसहनियाँ स्वास्थ्य चौकीमा रहेको कोरोना विषेश अस्थायी अस्पतालमा ल्याइएको थियो ।

त्यहाँ उनलाई अक्सिजन दिदा अक्सिजनको मात्र बढ्नुको साटो घट्न थालेपछि बिहिवार लमही स्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा विहान ११ः १५ बजेको समयमा बाटोमा नै मृत्यु भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

मृतकको शवलाई नेपाली सेनाले वडा नम्बर ३ मा व्यवस्थापन गरेको छ । यस सँगै अव राप्ती गाउँपालिकामा मृतकको सख्या ७ पुगेको छ । भने थप ३ नयाँँ संक्रमित थपिए सँगै अव अस्पतालमा ८ जनाको उपचार भइरहेको स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे