नयाँ सरकारमा दाबी नगर्ने कांग्रेसको निर्णय
काठमाण्डाै ३० बैशाख । नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने भएको छ । बिहीवार पार्टीका सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको नेता प्रकाशशरण महतले उज्यालोलाई जानकारी दिए ।
जनता समाजवादी पार्टी (जसपा) ले साथ नदिएको र एमालेको माधव–नेपाल पक्षले राजीनामा नदिएका कारण बहुमत नपुग्ने अवस्था देखिएकाले दाबी नगर्ने निर्णय भएको उहाँले बताए । अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री रहिरहने र त्यसपछि के गर्ने भन्ने कुरा पछि निर्णय हुने महतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्