नेपालका पाँच बाहेक सबै जिल्लामा निषेधाज्ञा
काठमाडाैँ २९ बैशाख । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ ।लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ ।
मन्त्रिपरिषद्को निर्णयानुसार कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्छन्। मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ ।
निषेधाज्ञा घोषणा गरिएकामध्ये सात जिल्ला काभ्रे, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चोक, धनकुटा र सप्तरीमा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा लागू भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन्। नेपालका ७७ वटा जिल्ला मध्ये मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी ५ वटा जिल्लामा मात्र निषेधाज्ञा लागु भएको छैन्। तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने ब्यवस्था रहेकोछ ।।