पछिल्लाे २४ घण्टामा नेपालमा ८ हजार ८ सय ८५ जनामा काेराेना सङ्क्रमण पुष्टि, एकैदिन थप ८८ जनाकाे ज्यान गयाे



पछिल्लाे २४ घण्टामा नेपालमा ८ हजार ८ सय ८५ जनामा काेराेना सङ्क्रमण पुष्टि, एकैदिन थप ८८ जनाकाे ज्यान गयाे

काठमाण्डाै २६ बैशाख । नेपालमा पछिल्लाे २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएकाे २६ जना गरी ८८ जनाको ज्यान गएको हो । अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे